+
+
Shares

झापामा बुद्ध एयरका जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली

झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ जाँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते २३:४३

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ जाँदैछन् ।

शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्दारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोलि अहिले चन्द्रगढी उड्दै छन् ।

प्रस्थानको तयारी भैरहेको महाप्रबन्धक सिटौलाले अन्लाईनखबरलाइ जानकारी दिए । दुर्घटनाबारे प्राविधिक टोलिले चेकजाँच गर्ने छ । त्यसपछि दुर्घटनाको सम्भावित कारण र जहाजको अवस्था बारेसमेत जानकारी हुनेछ । जहाजमा ५१ जना सवार रहेको र सबै सकुशल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?