News Summary
Generated by OK AI. Editorially reviewed.- जेम्स क्यामरुन निर्देशित 'अवतार : फायर एन्ड यश' ले सन् २०२५ को अन्त्यमा विश्वभर १ अर्ब डलरभन्दा बढी कमाइ गरेको छ।
- निर्देशक क्यामरुनका तीन फिल्मले पनि विश्व बक्सअफिसमा १ अर्ब डलरभन्दा बढी कमाइ गरिसकेका छन्।
- सन् २००९ को 'अवतार', 'अवतार २' र सन् १९९७ को 'टाइटानिक' ले क्रमशः २.९, २.३ र २.२ अर्ब डलर कमाइ गरिसकेका छन्।
लस एन्जलस । सन् २०२५ मा केही सुस्ताएको हलिउड बक्सअफिस नयाँवर्ष २०२६ सुरु भएसँगै लयमा फर्किने संकेत देखिएको छ । क्रिसमस, नयाँ वर्षको बिदाले कमाइमा बढोत्तरी हुन पुगेको छ ।
जेम्स क्यामरुन निर्देशित ‘अवतार : फायर एन्ड यश’ ले शनिबार विश्वभर १ अर्ब डलरभन्दा धेरै कमाइ गरेको छ । डिज्नी र ट्वेन्टिथ सेन्चुरी फक्सले सम्भवतः सोमबार यो उपलब्धिको घोषणा गर्नेछन् ।
निर्देशक क्यामरुनका अघिल्ला तीन फिल्मले पनि विश्व बक्सअफिसमा १ अर्ब डलरभन्दा धेरै कमाइ गरिसकेका छन् । सन् २००९ मा रिलिज भएको ‘अवतार’ ले २.९ अर्ब डलर कमाएको छ ।
‘अवतार २’ ले २.३ अर्ब डलर र सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ ले विश्वभर २.२ बिलियन डलर कमाइ गरिसकेका छन् । गतसाता फोब्र्स पत्रिकाले क्यामरुनलाई अर्बपछि घोषणा गरिसकेको छ ।
विश्व फिल्ममा कुनै निर्माताको फिल्मले लगातार १ अर्ब डलरभन्दा धेरै कमाएको यो अभूतपूर्व क्षण हो ।
प्रतिक्रिया 4