२१ पुस, गोरखा । ३०४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ ।
सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
राज्य एकीकरणको क्रममा राजा पृथ्वी नारायणशाहद्धारा प्रयोग भएको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा सेनाले यात्रा गर्ने छ ।
अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज गण) को झण्डा सहित पदयात्रामा निस्किएका छन् । सेनाको पहिलो पाँच कम्पनीसहित रुद्रध्वज गण, भैरव गण, शेर गण, भैरवीदल गण र शार्दुलगणको टोली यात्रामा सहभागी छन् ।
सोमवार एक कार्यक्रमकाबीच उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी भोलानाथ थापाले र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा उनीहरूलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

पदयात्रामा निस्किएको टोलि पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुदै आज घाटवेशी पुगेर टर्च र झण्डा धादिङको भैरव गणलाई बुझाउने छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले पौष २६ गते काठमाडौंको शार्दुल गणलाई हस्तान्तरण गर्ने छ ।
२७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजित कार्यक्रममा सहभागी हुने नेपाली सेनाको रुद्रध्वज गणका गणपती बिरोध रिजालले बताए ।
नेपाली सेनाले २०७६ सालदेखि पदयात्रा सुरु गरेको हो । एकीकरण मार्गमा रहेको कोट र गढी संरक्षणका गर्ने उदेश्य समेत रहेको बताइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ लगायत सहभागी थिए ।
प्रतिक्रिया 4