+

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

२०८२ पुष  २१ गते १३:५० २०८२ पुष २१ गते १३:५०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. रुना झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक नियुक्त गरेकी छन्।

२१ पुस, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएकी हुन्।

यसअघि डा. झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । ‘मन्त्रालयबाट जिम्मेवारी हेरफर भएको जानकारी प्राप्त भएको छ । भोलि गएर पत्र बुझ्नेछु’ डा. झाले अनलाइनखबरसँग भनिन् ।

कोशीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. राम नारायण चौधरीलाई दिइएको छ । उनी ११ औं तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन हुन् ।

जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टलाई भने दरबन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा राखिएको मन्त्रालयले जनाएको छ । डा. झाले यसअघि पनि  लामो समय प्रयोगशालाको निर्देशकका रुपमा काम गरेकी थिइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रुना झा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय