+
+
Shares
बक्सअफिस :

परान, हर्ष, अभिमन्यु, पीआर, मुगलानले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान'ले १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ र ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएको छ।
  • फिल्म 'हर्ष'ले २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ र ८८६८ टिकट बिक्री भएको छ।
  • फिल्म 'अभिमन्यु'ले २१ लाख ५८ हजार ४०२ नेरु ग्रस कमाएको छ र ६८९२ टिकट बिक्री भएको छ।

काठमाडौं । नीर शाह स्टारर सुपरहिट फिल्म ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ ।

दीपक आचार्य काकु निर्देशित फिल्मले सोही अवधिसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बेचेको छ ।

खगेन्द्र लामिछाने स्टारर ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ । यसका ८८६८ वटा टिकट विक्री भएका छन् ।

कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’ ले २१ लाख ५८ हजार ४०२ नेरु ग्रस कमाएको छ । यसका ६८९२ टिकट बिकेका छन् ।

शोभित बस्नेत निर्देशित ‘पीआर’ ले ६ लाख ८२ हजार २८३ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यसका २१६६ वटा टिकट विक्री भएका छन् ।

‘मुगलान’ ले ६ लाख ५ हजार २९४ नेरु ग्रस कलेक्सन गरेको छ । यसका २२८८ वटा टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?