+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

२०८२ पुष  २२ गते २१:०० २०८२ पुष २२ गते २१:००
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा भई पहिलोपटक काठमाडौं बाहिर पोखरामा आयोजना हुँदैछ।
  • अवार्डको पूर्वसन्ध्यामा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे स्पोर्टस समिट आयोजना गरिएको थियो।
  • अवार्डमा १० विधामा पुरस्कार प्रदान गरिनेछ जसमा वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस लगायतका छन्।

२२ पुस, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुन लागेको हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्ट्स समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै व्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तव्य बन्ने छ।’

त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ ।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ ।

त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।

तस्वीर : एनएसजेएफ

एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय