News Summary
Generated by OK AI. Editorially reviewed.- दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका करिब ७० विद्यार्थीलाई क्यान्सरबारे सचेतना प्रदान गरेको प्रा.डा. सुमन राज ताम्राकारले जानकारी दिए।
२४ पुस, काठमाडौं । क्यान्सरपीडितका लागि कोष निर्माण गर्ने उद्देश्यले पूर्व–पश्चिम साइकल यात्रामा निस्किएको टोली दिक्तेल पुगेको छ । जनवरी १ का दिन पाँचथरको चिवाभञ्ज्याङबाट हिँडेको टोली मध्यपहाडी लोकमार्ग हुँदै खोटाङको सदरमुकाम दिक्तेल पुगेको हो ।
टोलीले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई क्यान्सरबारे सचेतना प्रदान गरेको टोलीमा सहभागी प्रा.डा. सुमन राज ताम्राकारले जानकारी दिए । डा.ताम्राकारले नै विद्यार्थीहरूलाई पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विषयमा जानकारीहरू दिएका थिए ।
ताम्राकारका अनुसार अन्तर्क्रियात्मक कार्यक्रम करिब ७० जना विद्यार्थी सहभागि थिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरूको समेत उपस्थिति थियो ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको उक्त साइकल यात्रा १८०० किलोमिटर पार गरी बैतडीको झुलाघाटसम्म पुग्नेछ ।
प्रतिक्रिया 4