News Summary
Generated by OK AI. Editorially reviewed.- इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टरले दुई पटक लिएको अग्रता जोगाउन नसक्दा नापोलीसँग २-२ को बराबरी खेलेको छ ।
- नापोलीका प्रशिक्षक एन्टोनिओ कोन्टेले ७१औं मिनेटमा रातो कार्ड पाएका थिए ।
- क्रिस्टोफर एनकुन्नकुको ९०औं मिनेटमा गोल गरेपछि एसी मिलानले फियोरेन्टिनासँग हार टारेको छ ।
२८ पुस, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष दुई स्थानमा रहेका दुई मिलान क्लब इन्टर र एसी मिलान बराबरीमा रोकिएका छन् ।
दुई मिलान क्लब बराबरीमा रोकिँदा उपाधि होड अझ खुल्ला भएको छ ।
इन्टरले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा नापोलीसँग २-२ को बराबरी खेलेको हो ।
इन्टरका लागि फेडेरिको डिमार्को र हाकान चालहानोग्लुले गोल गरे । नापोलीका लागि दुवै गोल स्कट म्याकटोमिनीले गरे ।
नापोलीका प्रशिक्षक एन्टोनिओ कोन्टेले ७१औं मिनेटमा रातो कार्ड सामना गरेका थिए ।
बराबरीपछि इन्टरले शीर्ष स्थानमा अंग्रता फराकिलो बनाउने अवसर गुमाएको छ । इन्टरको १९ खेलबाट ४३ अंक छ । नापोली समान खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा दोस्रो स्थानको एसी मिलानले फियोरेन्टिनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टोफर एनकुन्नकुले ९०औं मिनेटमा गोल गरेपछि एसी मिलानले हार टारेको थियो ।
त्यसअघि पिएट्रो कुमुज्जोले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।
बराबरीपछि एसी मिलान ४० अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4