News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच पार्टीले विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा सहमति जुट्न लागेको छ।
- सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने विषयमा सहमति जुट्न सकेको छैन।
- आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर आवश्यक विषय टुंगिन बाँकी छ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषय सहमतिउन्मुख भए पनि केही विषय भने पेचिलो बनेको छ ।
आझ भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह पनि लचक देखिएको छ ।
तर सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर गर्नुपर्ने विषय पनि टुंगिन बाँकी छ ।
विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी भएका प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरेले राखेको यो प्रस्तावबारे संस्थापन समूहबाट वार्तामा रहेका बालकृष्ण खाण र रमेश लेखकले निर्णय सुनाउन सकेनन् ।
विशेष पक्षले निर्वाचन केन्द्रीत अभियान सुरु गर्न कार्यबाहक सभापतिको संयोजकत्वमा समिति बनाउन पनि प्रस्ताव गरेको छ ।
सबै कुरामा सहमति जुटेको खण्डमा कार्यबाहक सभापति खड्का विशेष महाधिवेशन स्थलमा आएर सहमतिलाई हलबाट घोषणा गर्नुपर्ने विशेष पक्षको अर्को प्रस्ताव छ ।
त्यसपछि लेखक र खाणले यसबारे सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएर मात्रै निर्णय सुनाउन सक्ने बताएका थिए ।
लेखक र खाण अहिले देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
प्रतिक्रिया 4