२ माघ, काठमाडौं । सिलौटाले हानेर भक्तपुरमा एक महिलाको हत्या भएको छ ।
हत्या हुनेमा ३८ वर्षीया लालमाया तामाङ छिन् । लालमायाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् ३७ वर्षीया लनाम तामाङलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका–९ घर भएका लनामलाई हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4