News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एसोसियसनका पूर्वाध्यक्ष प्रेमबहादुर खड्काले नेपाली कांग्रेस विवाद समाधानका लागि निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
- खड्काले गगन थापा नेतृत्वको कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीसँग आधिकारिकता दाबीका लागि विवरण अध्यावधिक गर्न भनेका छन्।
- उनले कांग्रेस विधानअनुसार महाधिवेशन आह्वान नगरे सजाय हुने र दलसम्बन्धी ऐन दफा ५१ अनुसार विवरण छिटो अद्यावधिक गर्नुपर्ने बताए।
२ माघ, काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वाध्यक्ष प्रेमबहादुर खड्काले नेपाली कांग्रेसको विवाद समाधानका लागि निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीसँगै आधिकारिकता दाबी गर्न पुगेका उनले विवरण अध्यावधिक गरिदिन भनेका हुन् ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशतले आह्वान गरेमा गर्नुपर्नेछ भन्ने उल्लेख छ,’ कांग्रेसको विधानबारे जानकारी गराउँदै उनले भने, ‘महाधिवेशन माग गर्दा पनि आह्वान गरिएन भने त सजाय गर्ने व्यवस्था पनि विधानले गरेको छ । महामन्त्रीहरूले त यसलाई सम्बोधन गर्नुभएको हो ।’
उनले थप भने,’दलसम्बन्धी ऐन दफा ५१ ले महाधिवशेन सम्पन्न गर्यौँ। कार्यसमिति चयन गर्यौँ । यसअघिको कार्यसमितिको विवरण हटाएर नवनिर्वाचितको नाम राखिदिनु भनेर उहाँहरूले भन्नु भएको छ । सोहीअनुसार छिटोभन्दा छिटो विवरण राखिदिँदा विवाद हल हुन्छ ।’
प्रतिक्रिया 4