+
+
Shares

बालेनको राजीनामा ‘होल्ड’

बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १२:४२

४ माघ, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वत: पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् ।

‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’

उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् ।

झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् । पर्सि (माघ ६) उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तोेकेको छ ।

जस अनुसार, दलहरूले उम्मेदवार फाइनल गरिरहेका छन् । यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवारहरू टुंगो लगाउँदैछ ।

आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् ।

अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । नेताहरूका अनुसार, मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ ।

२ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

पार्टी सभापति रवि लामिछाने लगायत आजै जनकपुर प्रस्थान गर्दैछन् । मेयर शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?