+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

कांग्रेस र मुलुकका लागि निर्वाचन आयोगको निर्णय उल्टिनुपर्छ : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टी र मुलुकको हितविपरीत पार्टीको आधिकारिकता प्रदान गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टी र मुलुकको हितविपरीत आधिकारिकता प्रदान गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ।
  • तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरी निर्वाचन आयोगको निर्णयलाई संविधान र दल ऐन विपरीत भनेका छन्।
  • खड्काले भने, "२ गते निर्वाचन आयोगले कांग्रेसको विषयमा संविधान विपरीत, दल ऐन र विधान विपरीत निर्णय गरेको छ" र अदालतले छिटै न्यायनिरुपण गर्ने विश्वास व्यक्त गरेका छन्।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टी र मुलुकको हितविपरीत पार्टीको आधिकारिकता प्रदान गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वले आज सर्वोच्च अदालत पुगेर रिट दायर गरेको हो ।

माघ २ गते निर्वाचन निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरिदिएको थियो । देउवा समूह त्यसको विरुद्ध अदालत पुगेको हो ।

नेता खड्काले भने, ‘२ गते निर्वाचन आयोगले कांग्रेसको विषयमा संविधान विपरीत, दल ऐन र विधान विपरीत निर्णय गरेको छ । दलसम्बन्धी ऐन, विधान प्रतिकूल हुने गरी भएको निर्णय आयो त्यसविरुद्ध रिट दर्ता गर्‍यौँ । त्यसलाई उल्ट्याएर विधानको रक्षा गरोस्, मुलुकको रक्षा गर्न पनि यो महत्वपूर्ण छ भनेर दायर गरेका छौँ ।’

उनले सर्वोच्च अदालतले यसलाई अग्राधिकारमा राखेर छिटै न्यायनिरुपण गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?