४ माघ, धनगढी । धनगढीमा प्रहरीले दुई लाख नगदसहित जुवातास खेलिरहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–१३ झलारीगाउँमा खुल्ला जमिनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको डीएसपी राजकुमार सिंहले जानकारी दिए ।
उनीहरूको साथबाट दुई लाख ५ सय रुपैयाँ नगद, ६ गड्डी तास र ११ थान मोबाइल फोन बरामद भएको उनले बताए ।
पक्राउ पर्नेमा धनगढी उममहानगरपालिका–१३ बस्ने ४२ वर्षीय रामचरण चौधरी, ३० वर्षीय चेतन राना, ५० वर्षीय जगदिश राना, ४० वर्षीय सागर राना, ५० वर्षीय राजु राना, ४२ वर्षीय रामभरौसे राना, ५० वर्षीय कैद राना, २८ वर्षीय धर्मराज ओझा रहेका छन् ।
यस्तै, सोही ठाउँका ३५ वर्षीय प्रदेश राना, ४२ वर्षीय श्रवण राना र ४० वर्षीय खडक रानालाई पनि पक्राउ गरिएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4