४ माघ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले कञ्चनपुर-१ र बझाङमा शनिबारको सचिवालय बैठकबाट तय गरेका उम्मेदवार परिवर्तन गरेको हो ।
कञ्चनपुर-१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ र बझाङमा पार्टी केन्द्रीय सदस्य ऐन महरलाई उम्मेदवार बनाउने निर्णय गरिएको स्रोतले बतायो । शनिबारको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, आइतबार भने उनीहरूको नाम काटिएको हो । स्रोतका अनुसार सचिवालय बैठकको निर्णय लेख्न क्रममा ओखेडा र बोहराको नाम हटाएर महर र तामाङको लेखिएको छ ।
२०७९ को निर्वाचनमा कञ्चनपुर-१ बाट कांग्रेस-माओवादी-एकीकृत समाजवादी पार्टीको गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
महर भने गत निर्वाचनमा पराजित भएका थिए । उनी गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए ।
प्रतिक्रिया 4