News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का २१ फागुनमा हुने निर्वाचन नलड्ने भएका छन्।
- उनले चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुनेछ र पार्टीलाई जिताउन लाग्ने बताएका छन् ।
- खड्काले सर्वोच्च अदालतको फैसला जे भए पनि कांग्रेसलाई एकढिका बनाउने बताए ।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।
‘पूर्ण दाइ चुनाव लड्न हुन्न । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ उनीनिकट एक नेताले अनलाइनखबरसँग भने ।
नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् ।
‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिल्का राख्ने,’ ती नेताले भने, ‘संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिक्का बनाउँछु भन्नुभएको छ ।’
प्रतिक्रिया 4