+

साफ फुटसल च्याम्पियनसिप : महिलातर्फ नेपाल बंगलादेशसँग पराजित

२०८२ माघ  ५ गते १४:५२ २०८२ माघ ५ गते १४:५२
साफ फुटसल च्याम्पियनसिप : महिलातर्फ नेपाल बंगलादेशसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल बंगलादेशसँग ३-० गोलअन्तरले पराजित भएको छ।
  • बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले एक-एक गोल गरे।
  • खेलको १४औं, १९औं र ३३औं मिनेटमा क्रमशः सबिना, कृष्णारानी र अक्तरले गोल गरेका थिए।

५ माघ, काठमाडौं । थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार दिउँसो भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलअन्तरले पराजित भएको हो । बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले एक-एक गोल गरे ।

खेलको १४औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादशलाई अग्रता दिलाएकी थिइन् । १९औं मिनेटमा कृष्णारानीले गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखिन् ।

दोस्रो हाफको ३३औं मिनेटमा अक्तरले गोल गर्दै ३-० को जित दिलाइन् ।

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय