५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए ।
‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडिएको छ । त्यो सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले हामी सबैको प्रयासले यी गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेशबाट यो देशको विकासको विगुल फुकिनेछ भनेर म पनि रास्वपामा आएको छु,’ अन्सारीले भने ।
साथै, उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेशले गरेको बताए ।
‘रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ । आज यो मधेशी भूमिमा मधेशको छोरा यो देशको नेतृत्वको केन्द्रमा देख्नका लागि रास्वपाले बनाएको मधेशको छोरा प्रधानमन्त्रीको रुपमा मधेशले देख्न चाहन्छ,’ उनले भने, ‘रवि लामिछानेको त्याग र बालेनको क्षमताको उद्घोष मधेशले गरिरहेको छ । मधेशले दुख चिनेको छ । मधेशले संघर्ष चिनेको छ । मधेशले संघर्ष गरेको छ । मधेशले परिवर्तनको शक्ति बुझेको छ ।’
प्रतिक्रिया 4