News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गर्नुभयो।
- उहाँले हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको र अब पार्टीको रूपमा सबैभन्दा धेरै मत ल्याउने बताउनुभयो।
- लामिछानेले आफूलाई लागेको मुद्दाका कारण दैनिक अदालत जानुपरेको गुनासो गर्नुभयो र जनताको मुद्दा बोकेर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
५ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।
सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे ।
‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने ।
आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानपरेको भन्दै गुनासो गरे ।
‘प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौंला । जित्दै गरौंला । हारे हारिन्छ जिते जितिन्छ,’ लामिछानेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4