+
+
Shares

प्रचण्ड पछि हटेपछि कालीकोटमा महेन्द्र शाही बने नेकपाको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने निर्वाचनमा कालिकोटबाट महेन्द्रबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
  • प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि नेकपाले कालिकोटबाट शाहीलाई टिकट दिएको नेकपाकी नेता विमला केसीले जानकारी दिइन्।
  • शाहीले २०६४ सालदेखि कालिकोटमा निरन्तर चुनाव जित्दै आएका छन् र हालसम्म मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रूपमा सेवा गरिसकेका छन्।

५ माघ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाले शाहीलाई टिकट दिइएको हो ।

यसअघि कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकल सिफारिस गरिएको थियो । तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको छ ।

कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि ११ जना आकांक्षी थिए । तर बृहत् छलफलपछि अन्तिममा शाहीले नै टिकट पाएको नेकपाकी नेता विमला केसीले जानकारी दिइन् ।

शान्ति प्रक्रिया सुरु भएपछि २०६४ साल यता कालिकोटमा निरन्तर साविकको माओवादीले चुनाव जित्दै आएको छ । २०६४ मा माओवादीका खड्गबहादुर विश्वकर्माले यो क्षेत्रबाट चुनाव जितेका थिए । त्यस यता शाहीले नै चुनाव जित्दै आएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शाही विजयी भए ।

२०७४ को निर्वाचनमा महेन्द्रबहादुर मुख्यमन्त्री बन्ने ध्येयका साथ प्रदेशमा चुनाव लडेर जितेका थिए । करिब तीन वर्ष कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत भएका शाही २०७९ को निर्वाचनमा भने प्रतिनिधिसभामा चुनाव लडे र जिते । शाहीले पुनः प्रतिनिधिसभाको लागि टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?