News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले कर्णालीका १२ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ भने नेकपाले १० क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
- नेकपाले कालीकोट र मुगुमा उम्मेदवार टुंगो लगाउन सकेको छैन र मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
- कालीकोटमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही र अन्य नेताबीच टिकट विवाद छ र शाही प्रचण्डका विश्वास पात्र हुन्।
५ माघ, हुम्ला । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीबाट उम्मेदवार टुुङ्गो लगाएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा एमालेले आकांक्षीमध्येबाट उम्मेदवार टुङ्गो लगाएको हो ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाले कालीकोट र मुगुमा उम्मदेवारको टुङ्गो लगाउन सकेको छैन । मंगलबार प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
नेकपा एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र २ बाट कुलमणी देवकोटालाई उम्मेदवार बनाएको छ । यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा उम्मेदवार बनेका छन् ।
कालीकोटबाट नगेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लङ्क रोकाया उम्मेदवार छन् ।
यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट रविन्द्रराज शर्मा र २ बाट लक्ष्मी पोखरेल आसन्न प्रतिनिधिसभा निर्वाचका लागि उम्मेदवार बन्दा एमालेले जाजरकोटबाट डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपाले यसपटक रुकुम पश्चिमबाट गोपाल शर्मालाई उम्मदेवार बनाएको छ । जनार्दन शर्माले पार्टी छाडेपछि शर्मालाई अघि सारिएको हो ।
यस्तै, जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बन्दा दैलेख–१ बाट अम्बरबहादुर थापा, २ बाट योगेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । थापा पूर्वसमाजवादी हुन् भने शाही पूर्वएमाले हुन् । थापा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए भने शाही २०७९मा सम्पन्न प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए ।
उति बेला शाही एमालेका विनोदकुमार शाहसँग पराजित भएका थिए । शाही पराजित भएपछि तत्कालिन माओवादीले शाहीलाई कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएको थियो ।
यस्तै, सुर्खेत–१ बाट जितबहादुर राना, २ बाट झकबहादुर मल्ल नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् । डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सल्यानबाट रमेश मल्ल र हुम्लाबाट दिपेन्द्र रोकाय नेकपाकातर्फबाट उम्मेदवार छन् । बुढा पूर्वसमाजवादी हुन् ।
कालीकोटमा कर्र्णालीका संस्थापक मुख्यमन्त्री एवम् तत्कालिन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता महेन्द्रबहादुर शाही र अन्य नेताबीच टिकट कस्ले लिने भन्ने विषयमा कुरो मिलेको छैन ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटबाट शाही २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । शाही नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)का विश्वास पात्र हुन् ।
यसअघि आकांक्षी धेरैभएपछि शाहीकै डिजाइनमा संयोजक प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरिएको थियो । यस्तै, मुगुमा तत्कालिन नेकपा एकिकृत समाजवादी र माओवादीबीच कसले टिकट लिने भन्ने विषयमा विवाद छ ।
प्रतिक्रिया 4