+
+
Shares

तेह्रथुममा रास्वपाभित्र टिकट विवाद, सामूहिक राजीनामाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा तेह्रथुमले सिफारिस गरेको इञ्जिनियर सुरेन्द्र कार्कीलाई बेवास्ता गर्दै केन्द्रले रितुराज लिम्बूलाई टिकट दिएको छ।
  • जिल्ला नेतृत्वले पार्टी निर्णयप्रति असहमति जनाउँदै २०८२/१०/०४ सम्म सामूहिक राजीनामा दिने चेतावनी दिएको छ।
  • स्रोतका अनुसार सुरेन्द्र कार्कीलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उतार्ने तयारी भइरहेको छ।

५ माघ, तेह्रथुम । जिल्लाबाट सिफारिस गरिएका एकल उम्मेदवार इञ्जिनियर सुरेन्द्र कार्कीलाई बेवास्ता गर्दै केन्द्रले अर्कैलाई टिकट दिएपछि तेह्रथुम रास्वपामा विवाद चुलिएको छ । निर्णय सच्याउन दबाब दिँदै जिल्लाका नेताहरूले सामहिक राजीनाको चेतावनी दिएका छन् ।

रास्वपा तेह्रथुमले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इञ्जिनियर सुरेन्द्र कार्कीलाई एकल सिफारिस गरेको थियो । तर सोमबार केन्द्रले रितुराज लिम्बूलाई टिकट दिएपछि जिल्लामा असन्तुष्टि चुलिएको छ ।

जिल्ला कार्यसमितिले सिफारिस नगरेका र पार्टी गतिविधिमा संलग्नता नदेखिएका व्यक्तिलाई अचानक टिकट दिइनु पार्टीको विधि र मर्मविपरीत भएको रास्वपा तेह्रथुमले ठहर गरेको छ ।

यस निर्णयप्रति गम्भीर असहमति जनाउँदै जिल्ला नेतृत्वले मिति २०८२/१०/०४ सम्म सदस्यता लिएका सबैले सामूहिक राजीनामा दिने तयारी गरिएको जनाएका छन् ।

सिफारिस गरिएका उम्मेदवार इञ्जिनियर सुरेन्द्र कार्कीलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उतार्ने तयारी भइरहेको पनि स्रोतले जानकारी दिएको छ ।

पार्टी केन्द्रको निर्णयप्रति जिल्लास्तरबाट तीव्र असन्तोष देखिन थालेपछि रास्वपाभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?