News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा का प्रभावशाली नेता शिवपुजन राय यादवले छोरा अभिनिस यादवलाई टिकट नदिएपछि पार्टी परित्याग गरेका छन्।
- नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ।
- शिवपुजन राय यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्।
५ माघ, सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वसांसद शिवपुजन राय यादवले पार्टी परित्याग गरेका छन् ।
छोरा अभिनिस यादवलाई टिकट नदिएपछि उनले नेकपा छाडेका हुन् ।
नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ। यस निर्णयले यादव असन्तुष्ट बनेका हुन् ।
स्थानीय राजनीतिको हिसाबले यादव सर्लाही क्षेत्र नं. ४ मा बलियो जनाधार भएका नेता मानिन्छन्। उनकै प्रभावको कारण तत्कालीन माओवादी केन्द्रले बलरा नगरपालिकामा मेयर जितेको थियो । रामनगर गाउँपालिकामा उनका छोरा राजाबाबु यादव अध्यक्ष निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4