News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलेले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
- उनले कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको र ३५ वर्षसम्म पुराना पार्टीले ढंग नल्याएको बताए।
- पुनलेले पार्टीहरूले सम्पर्क गरिरहे पनि कसैको कुरा नसुन्ने र नयाँले ढंग ल्याउने बताए।
६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।
म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि उनले भने, ‘कुनै पार्टीको पुच्छर बन्न चाहन्न । परनोले सकनन्, ढंग ल्याएन । अब नयाँले ल्याउँछ कि भनेको हो ।’
३५ वर्षसम्म पनि पुराना पार्टीले ढंग नल्याएको उनको भनाइ छ । स्वतन्त्र उम्मेदवारी दिएपनि उनलाई पार्टीहरूले सम्पर्क गरिरहेका छन् । तर पुनले कसैको कुरा नसुन्ने बताए ।
‘यो स्थितिमा कोही पार्टीको कुरा सुन्दिन । सुनेर फाइदा छैन,’ उनले भने ।
प्रतिक्रिया 4