+

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

२०८२ माघ  ६ गते १४:४९ २०८२ माघ ६ गते १४:४९

पूर्वस्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले भने यसपाली गृह जिल्ला सिन्धुपाल्चोकबाट टिकट पाएनन् ।

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नं ४ छोडेर सर्लाही क्षेत्र नं ४ बाट चुनाव लड्ने तयारी गरिरहेका छन्।
  • पूर्वस्वास्थ्य मन्त्रीहरू प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, उपेन्द्र यादव लगायतले विभिन्न क्षेत्रबाट उम्मेदवारी दिने निश्चित गरेका छन्।

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । उम्मेदवारी दिने समय सुरु भइसक्दा पूर्वस्वास्थ्य मन्त्रीहरू को कहाँबाट चुनाव लड्दै छन् भन्ने विषयले चर्चा पाएको छ ।

यसअघि सांसद बनेर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका विभिन्न दलका प्रभावशाली नेताहरू यसपटक पनि चुनावी मैदानमा अग्रपंक्तिमा देखिएका छन् । केही नेताले आफ्नो पुरानै निर्वाचन क्षेत्रबाट निरन्तरता दिएका छन् भने केहीले क्षेत्र परिवर्तन गर्दै नयाँ राजनीतिक सन्देश दिने प्रयास गरेका छन् । कोही भने यो निर्वाचनमा उम्मेदवार बन्ने सूचीमा छैनन् ।

यस निर्वाचनको सबैभन्दा चासोको विषय पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्र परिवर्तन बनेको छ ।

सुरु देखि नै काठमाडौं क्षेत्र नं ४ लाई आफ्नो राजनीतिक आधार बनाएका थापा यसपटक काठमाडौं छाडेर मधेस प्रदेश झरेका छन् । उनी सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिने तयारीमा छन् । सम्भावित प्रधानमन्त्रीको दावेदारका रूपमा रहेका थापा कांग्रेसको बलियो पकड भएको काठमाडौं-४ छाडेर तराई झर्नुलाई रणनीतिक रूपमा लिइएको छ । मधेस प्रदेशको मत कांग्रेसतर्फ आकर्षित गर्ने उद्देश्यले सर्लाहीबाट चुनाव लड्न लागेको उनी निकट स्रोतको भनाइ छ ।

निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने यसअघिकै क्षेत्र काठमाडौं-५ बाट उम्मेदवारी दर्ता गराउँदैछन् ।

नेकपा एमालेबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीलाई पार्टीले यसपटक पनि उनको पुरानै क्षेत्रको टिकट दिएको छ । अघिल्लो निर्वाचनमा उनी पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यस्तै, केही समय एमालेका तर्फबाट स्वास्थ्य मन्त्रालय सम्हालेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री प्रदीप यादव भने भर्खरै जनता समाजवादी पार्टी (जसपा) छाडेर  एमालेमा प्रवेश गरेका छन् । एमालेले उनलाई पर्सा क्षेत्र नं १ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

उपप्रधानमन्त्रीसहित पटक-पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो पकड क्षेत्र मानिएको सप्तरी क्षेत्र नं ३ बाटै उम्मेदवारी दिने निश्चित भएको छ ।

त्यसैगरी कोराना कालमा स्वास्थ्य मन्त्री रहेका एमाले नेता भानुभक्त ढकालले तेह्रथुमबाट उम्मेदवारी दिँदैछन् । अघिल्लो चुनावमा मोरङ क्षेत्र नम्बर-३ बाट उम्मेदवार रहेका ढकाल पराजित भएका थिए । सो ठाउँमा मेडिकल व्यवसायी सुनिल शर्माले निर्वाचन जितेका थिए । यस पटक उनी गृह जिल्ला तेह्रथुम पुगेका हुन् ।

पूर्वस्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले भने यसपाली उम्मेदवार बन्नका लागि टिकट पाएनन् । यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए ।

चुनाव स्वास्थ्य मन्त्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

के पिसाबमा फिँज देखिनु कुनै रोगको संकेत हो ?

के पिसाबमा फिँज देखिनु कुनै रोगको संकेत हो ?

गर्भावस्थामा किन आवश्यक छ पतिको साथ ?

गर्भावस्थामा किन आवश्यक छ पतिको साथ ?

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?

के हो ‘होम कलेक्सन ?’ कतिको भरपर्दो हुन्छ ?