+
+
Shares

कांग्रेसका पूर्वसांसद यादव एमालेबाट रुपन्देही-४ मा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका पूर्व सांसद प्रमोद यादव नेकपा (एमाले) प्रवेश गर्दै उम्मेदवार बनेका छन्।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट प्राप्त गरेका यादवले आजै उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ।
  • यादवले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका थिए र २०७९ सालमा लोसपाका सर्वेन्द्र शुक्लासँग पराजित भएका थिए।

६ माघ, बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका पूर्व सांसद प्रमोद यादव नेकपा (एमाले) प्रवेश गर्दै उम्मेदवार बनेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट प्राप्त गरेका यादवले आजै उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ।

यादवले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सोही क्षेत्रबाट जित हासिल गरेका थिए।

तर, २०७९ सालको निर्वाचनमा भने उनी लोसपाका उम्मेदवार सर्वेन्द्र शुक्लासँग पराजित भएका थिए।

कांग्रेसबाट एमालेमा प्रवेश गर्दै पुनः चुनावी मैदानमा उत्रिएका यादवको उम्मेदवारीलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?