News Summary
Generated by OK AI. Editorially reviewed.- पर्थ स्कोर्चर्सले सिड्नी सिक्सर्सलाई ४८ रनले हराउँदै अस्ट्रेलियन बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ।
- पर्थले दिएको १४८ रनको लक्ष्य सिड्नीले १५ ओभरमा ९९ रनमा अलआउट भएर पूरा गर्न सकेन।
- सिड्नीले अर्को मौका पाएको छ र बुधबार मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।
६ माघ, काठमाडौं । पाँच पटकको विजेता टोली पर्थ स्कोर्चर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा सिड्नी सिक्सर्ससँगको खेल जित्दै पर्थले घरेलु मैदानमा फाइनल खेल पक्का गरेको हो ।
पर्थले सिड्नीलाई ४८ रनले हरायो । पर्थले दिएको १४८ रनको लक्ष्य पछ्याएको सिड्नी १५ ओभरमा ९९ रनमा अलआउट भयो । स्टिभ स्मिथले सर्वाधिक ३७ रन बनाए । लचलन शले १५ रन बनाए ।
पर्थका माहली बर्डम्यानले ३ विकेट लिए भने कूपर कोनोली र डेभिड पेनले २-२ तथा झाय रिचर्डसन र आरोन हार्डीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पर्थले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
फिन एलेनले ३० बलमा ४९ रन बनाए । कप्तान एस्टन टर्नरले २९ तथा झाय रिचर्डसनले २० रन बनाए ।
सिड्नीका ज्याक एडवार्ड्स, मिचेल स्टार्क र बेन डारसुइसले २-२ विकेट लिए । जोएल डेभिस र बेन मानेन्तीले १-१ विकेट लिए ।
हारका बाबजुद सिड्नीलाई भने अर्को एक मौका हुनेछ । बुधबार हुने मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीचको विजेतासँग सिड्नीले फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतिक्रिया 4