News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्चले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा महान्यायाधीवक्ता कार्यालयलाई १५ दिनभित्र जवाफ दिन कारण देखाऊ आदेश जारी गरेको छ।
- न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले लामिछानेलाई आफैं वा कानुनी प्रतिनिधिमार्फत जवाफ पठाउन भनेको छ र ८ माघमा छलफलका लागि पेसी तोकेको छ।
- महान्यायाधीवक्ता कार्यालयले लामिछानेसहित सहकारी ठगी प्रकरणका अन्य प्रतिवादीको मुद्दा संशोधन गरी फिर्ता लिएको थियो, जुन रास्वपाले प्रतिशोधको रूपमा देखाएको छ।
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको हो । युवराज पौडेलले दायर गरेको रिटमा १५ दिनभित्र जवाफ पठाउन महान्यायाधीवक्ता कार्यालयलाई आदेश दिएको छ ।
लामिछानेलाई आफैं वा कानुनी प्रतिनिधिमार्फत जवाफ पठाउन सर्वोच्चले भनेको छ । अन्तरिम आदेशको मागमाथि तत्काल निर्णय नगरी दुवै पक्षको जिकिर सुन्न आवश्यक देखिएको भन्दै अदालतले ८ माघमा छलफलका लागि पेसी तोकेको छ ।
लामिछानेमाछि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा महान्यायाधीशवक्ता कार्यालयले संशोधन गरेको थियो ।
केपी शर्मा ओलीको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । यसलाई रास्वपाले प्रतिशोध भन्दै बताउँदै आएको थियो ।
अहिले महान्यायाधिवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।
प्रतिक्रिया 4