६ माघ, पाँचथर । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा १३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका गजेन्द्र तुम्यहाङ, नेकपा एमालेका क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीका खेलप्रदा बुडाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उम्मेदवारी दर्ता गराउनेमा श्रम संस्कृति पार्टीका सुन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपती पौडेल रहेका छन् ।
प्रतिक्रिया 4