७ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाको ४ निर्वाचन क्षेत्रमा १ सय ६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका अनिल कुमार रुंगटा, नेकपा एमालेका प्रदीप यादव, कम्युनिस्ट पार्टी (नेकपा) का अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धि प्रसाद पन्त, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह र जनता समाजवादी पार्टी, नेपालका रामनरेश यादव लगायत ३० जनाले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै पर्साको २ क्षेत्र नम्बरमा नेपाली काँग्रेसका अजय कुमार चौरसिया, एमालेबाट रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुशील साह कानु, जनता समाजवादी पार्टी अशोककुमार टेमानी लगायत ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता पर्सा क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् ।
जसमध्ये पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा उज्यालो नेपाल र राप्रपा सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।नेकपा एमालेबाट रुपेश पाण्डे, नेपाली काँग्रेसबाट सुरेन्द्र प्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उज्यालो नेपालबाट रामरुप साह कानु सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा उज्यालो नेपाल र राप्रपा सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली काँग्रेसबाट रमेश रिजाल, नेकपाबाट जयप्रकाश थारु, रास्वपाबाट टेकबहादुर शाक्य, कृपासिन्धु प्रसादले जसपा, नेपालबाट मनोनयन दर्ता गराएका छन् । यस्तै उज्यालो नेपालबाट बिनोद यादव सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।पर्सामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता छन् ।
यसअघि ०७९ को निर्वाचनमा जिल्लामा कुल तीन लाख ५२ हजार ४८४ मतदाता रहेकामा २४ हजार २९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।
रौनियारका अनुसार यसपटक पर्सामा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ र ‘अन्य’ मतदाता संख्या १५ रहेको छ । जिल्लामा ४४१ मतदान केन्द्र र १६७ मतदातस्थल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८९ हजार ६३८ मतदाता, ३४ मतदानस्थल र १०३ मतदान केन्द्र छन् । ‘अन्य’ लिंगी मतदाता दुईजना छन् । क्षेत्र नम्बर २ मा कुल ९५ हजार १२० मतदाता, ३८ मतदानस्थल र ११० मतदान केन्द्र छन् । तीन ‘अन्य’ लिंगी मतदाता छन् । यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ९६ हजार ५४२ कुल मतदाता रहँदा ४७ मतदानस्थल र ११४ मतदान केन्द्र छन् । चारजना ‘अन्य’ लिंगी मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा कुल ९५ हजार २१३ मतदाता (६ अन्य लिंगी), ४८ मतदानस्थल र ११४ मतदान केन्द्र छन् ।
प्रतिक्रिया 4