+
+
Shares
नेटफ्ल्क्सि :

इमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंग्रेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता इमरान हास्मीको सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ नेटफ्लिक्सको विश्वव्यापी नन-इंग्लिस शो सूचीमा पहिलो स्थानमा पुगेको छ।
  • सिरिजले साता ५४ लाख भ्युज प्राप्त गरी कोरियन रोमान्टिक कमेडी सिरिजलाई पछि पारेको छ र यो पहिलो भारतीय सिरिज बनेको छ।
  • इमरान हास्मीले भने, ‘हामीले ‘तस्करी’ लाई इमानदारिताका साथ बनाएका थियौं’ र यो सफलतालाई आफ्नो टिमको कडा परिश्रमको नतिजा बताए।

काठमाडौं । बलिउड अभिनेता इमरान हास्मीको नयाँ सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले नेटफ्लिक्समा एउटा यस्तो सफलता हात पारेको छ, जुन अहिलेसम्मका चर्चित भारतीय सिरिजले पनि पाउन सकेका थिएनन् ।

यो सिरिज नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ नन-इंग्लिस (गैर-अंग्रेजी) शो बन्न सफल भएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो भारतीय सिरिज बनेको छ ।

यसअघि नेटफ्लिक्सका निकै सफल मानिएका भारतीय शो जस्तै ‘सेक्रेट गेम्स’ र सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’ ले पनि यो उचाइ छुन सकेका थिएनन् । अहिले हाश्मीको यो सिरिजले ती सबैको रेकर्ड तोड्दै विश्वभर चर्चा कमाइरहेको छ ।

नेटफ्लिक्सको तथ्याङ्क राख्ने ‘टुडुम’ का अनुसार, नीरज पाण्डेद्वारा निर्देशित सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले यो साता (जनवरी १२-१८) विश्वभरका गैर-अंग्रेजी भाषाका शोहरूको सूचीमा पहिलो स्थान ओगटेको छ ।

सिरिजले साता ५४ लाख (५.४ मिलियन) भ्युज प्राप्त गरेको छ । यसले दोस्रो स्थानमा रहेको कोरियन रोमान्टिक कमेडी ‘क्यान दिस लभ बी ट्रान्सलेटेड ?’ लाई सहजै उछिनेको छ । उक्त कोरियन सिरिजले ४० लाख भ्यूज पाएको छ ।

इमरान हाश्मी अभिनित यो सिरिजले कोरियन शोलाई मात्र नभई विश्वका अन्य निकै चर्चित सिरिजलाई समेत पछि पारेको छ । ‘तस्करी’ ले प्राप्त गरेको ५४ लाख भ्यूजको अगाडि अन्य चर्चित शोको अवस्था यस्तो छ :

जुजुत्सु काइसेन (सिजन ३) : २८ लाख भ्यूज

अल्फा मेल्स : २६ लाख भ्यूज

द क्वीन अफ फ्लो : २५ लाख भ्यूज

यो साता नेटफ्लिक्सको विश्वव्यापी ‘टप १०’ सूचीमा पर्न सफल ‘तस्करी’ एक मात्र भारतीय सिरिज हो । अन्य कुनै पनि भारतीय शो यो हप्ता उत्कृष्ट १० को सूचीमा अटाउन सकेका छैनन्, जसले गर्दा यो सफलतालाई अझ विशेष मानिएको छ ।

सिरिजले विश्वव्यापी सफलता पाएपछि अभिनेता हाश्मीले खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफ्नो टिमको कडा परिश्रमको नतिजा भएको बताए ।

उनले भने, ‘हामीले ‘तस्करी’ लाई इमानदारिताका साथ बनाएका थियौं । विशेषगरी हाम्रा विमानस्थलमा दिन-रात खटिने अधिकारीप्रतिको सम्मानलाई हामीले यो सिरिजमार्फत देखाउन खोजेका थियौं, जसले हामीलाई काम गर्ने ऊर्जा दियो । नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ हुने पहिलो भारतीय सिरिज बनेको देख्दा निकै सन्तोष मिलेको छ ।’

उनले थपे, ‘संसारलाई पर्दामा उतार्न एउटा समर्पित टोलीको आवश्यकता थियो र दर्शकले यसलाई जुन प्रकारको माया दिनुभएको छ, म त्यसप्रति आभारी छु । यस्ता क्षणहरूले के सम्झाउँछन् भने, यदि कथामा इमानदारिता छ भने त्यसले देशको सीमा नाघेर टाढासम्मको यात्रा तय गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?