News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी बोर्ड सदस्यहरूले बंगलादेशले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरेमा अर्को टोली समावेश गर्ने पक्षमा मतदान गरेका छन्।
- आईसीसीले बंगलादेश क्रिकेट बोर्डलाई भारत जान थप एक दिन समय दिएको छ।
- यदि बंगलादेशले भारत नजाने निर्णय कायम राख्यो भने समूह 'सी' मा स्कटल्यान्डलाई स्थान दिने सम्भावना छ।
७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड सदस्यहरूले बंगलादेश भारतमा विश्वकप खेल्न आउन अस्वीकार गरेमा प्रतियोगिताबाट हटाएर अर्को टोली समावेश गर्ने पक्षमा मतदान गरेका छन् ।
टी–२० विश्वकप २०२६ खेल्नका लागि भारत जानेबारे निर्णय लिन आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई थप एक दिन समय दिएको छ ।
यदि बंगलादेशले भारत नजाने निर्णय कायम राखेमा समूह ‘सी’ मा स्कटल्यान्डलाई स्थान दिने सम्भावना रहेको बताइएको छ।
स्कटल्यान्ड यसअघि युरोपियन छनोटमार्फत विश्वकपमा छनोट हुन असफल भएको थियो। विश्वकपमा हाल खेल्नेबाहेक माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डलाई मौका दिइन लागेको हो ।
यसअघि सन् २००९ मा जिम्बाब्वे विश्वकपबाट हट्दा स्कटल्यान्डले स्थान पाएको उदाहरण पनि छ। त्यस्तै सन् २०१६ मा अस्ट्रेलिया यू-१९ बंगलादेश नजाँदा आयरल्यान्डले यू-१९ विश्वकप खेल्ने मौका पाएको थियो ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4