News Summary
Generated by OK AI. Editorially reviewed.- टाइगर ग्रुप अफ पोखराले छैटौं टाइगर कप भलिबलको खेलतालिका बुधबार सार्वजनिक गरेको छ।
- महिलातर्फ एभरेस्ट भलिबल क्लब नखेल्ने भएपछि पाँच टोली मात्र सहभागी हुने भएका छन्।
- प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ।
७ माघ, पोखरा । छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो ।
यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ ।
एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका हुन् ।
प्रतियोगिता यही माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्सको टिमबीच खेल हुनेछ र गण्डकी र एपीएफबीच दोस्रो खेल हुनेछ ।
यस्तै महिलातर्फ पहिलो दिन न्यु डायमण्ड युथ स्पोर्ट्स क्दब र त्रिभुभवन आर्मी क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया 4