+

गण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने

२०८२ माघ  ७ गते २१:२१ २०८२ माघ ७ गते २१:२१
गण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ।
  • प्रतियोगिता माघ २१ देखि २९ गते (फेब्रुअरी ४ देखि १२) झापा मेची क्याम्पस क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
  • प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुनेछन् र विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन्।

७ माघ, काठमाडौं । पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा आयोजना हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ ।

यही माघ २१ देखि २९ गतेसम्म (फेब्रुअरी ४ देखि १२) सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको खेलहरु झापा मेची क्याम्पस क्रिकेट मैदानमा हुनेछ ।

समूह चरणका खेलहरु फेब्रुखरी ४ देखि १० सम्म हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु फेब्रुअरी ११ मा हुनेछ भने फाइनल फेब्रुअरी १२ मा हुनेछ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितालाई क्रिकेट एसोसिएसन अफ झापाको सहयोग रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख हात पार्नेछ ।

कोशी पाथीभरा इन्डो नेपाल टी-२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय