+

पीएम कप जिल्ला छनोटको खेलमा अमितको दोहोरो शतक

२०८२ माघ  ८ गते १३:४९ २०८२ माघ ८ गते १३:४९
पीएम कप जिल्ला छनोटको खेलमा अमितको दोहोरो शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सप्तरी जिल्ला छनोटमा कंकालिनीका अमित कुमार यादवले १७५ बलमा २७८ रनको दोहोरो शतक प्रहार गरे।
  • अमितले ३८ चौका र १२ छक्का प्रहार गर्दै कंकालिनीलाई ४७ ओभरमा ३९४ रनमा अलआउट गराए।
  • लोहजराले अहिले जवाफी ब्याटिङ गर्दैछ।

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सप्तरी जिल्ला छनोटमा कंकालिनी सप्तरीका ब्याटर अमित कुमार यादवले दोहोरो शतक प्रहार गरेका छन् ।

बिहीबार भइरहेको लोहजरा सप्तरीविरुद्धको खेलमा ओपनिङ गरेका अमितले १७५ बलमा २७८ रनको शानदार पारी खेलेका हुन् । यस क्रममा उनले ३८ चौका र १२ छक्का प्रहार गरे ।

उनको दोहोरो शतक मद्दतमा कंकालिनीले ४७ ओभरमा अलआउट हुँदै ३९४ रन बनायो ।

अहिले लोहजराले जवाफी ब्याटिङ गरिरहेको छ ।

अमित कुमार यादव पीएम कप जिल्ला छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय