प्रतीकात्मक तस्वीर
८ माघ, काठमाडौं । आइसल्यान्डमा कुकको काममा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठ छन् । उनलाई कागेश्वरी मनोहराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले एक जनालाई कुकको काममा आइसल्यान्ड पठाउने भन्दै १२ लाख ४० हजार ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4