+

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

२०८२ माघ  १२ गते ११:३५ २०८२ माघ १२ गते ११:३५

विशेषगरी महिलामा यो समस्या बढी देखिन्छ किनभने उनीहरूले घरेलु काममा घुँडा टेकेर वा टुक्रुक्क बसेर धेरै समय बिताउँछन् र रजोनिवृतिपछि हर्मोनल परिवर्तनले हड्डी खिइने प्रक्रिया झन् तीव्र हुन्छ ।

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घुँडा खिइने समस्या मुख्य रूपमा ४० देखि ५० वर्ष नाघेका व्यक्तिहरूमा बढी देखिन्छ र जीवनशैली तथा काम गर्ने तरिकाले यसमा प्रभाव पार्छ।
  • अकुपञ्चर उपचारले घुँडा दुखाइ कम गर्ने, सुन्निने घटाउने र हिँडडुल सहज बनाउने काम गर्छ, विशेषगरी पहिलो र दोस्रो चरणमा ८०–९० प्रतिशत राहत दिन्छ।
  • शल्यक्रिया सिफारिस भएका ७० प्रतिशत बिरामीलाई अकुपञ्चर, फिजियोथेरापी र न्याचुरोप्याथीको संयुक्त उपचारले प्रत्यारोपणबिना नै दुखाइ व्यवस्थापन गरिएको छ।

काठमाडौं । घुँडा दुखाई कस्तो हुन्छ ?

अहिले अधिकांश ४० देखि ५० वर्ष भन्दा माथिको उमेर समुहलाई सोधौं, जो घुँडा खिइने समस्याबाट गुज्रिरहेका छन् ।

जति खेरै दुखाई भइराख्ने यो समस्याको समाधान छ, त ?

अकु. सुर्दशन बस्नेत भन्छन्, ‘यो समस्यामा अकुपंचरको प्रभाव राम्रो छ । यो उपचारले धेरै हदसम्म दुखाई कम गर्छ ।’

यसै विषयमा केन्द्रित रहेर सुस्वास्थ्य अस्पतालका निर्देशक समेत रहेका अकु. सुर्दशन बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश:

घुँडा खिइने कस्तो समस्या ?

घुँडामा कुरकुरे हड्डी (कार्टिलेज) हुन्छ । यसको काम हो, हड्डीहरूबीचको घर्षण कम गरी चिप्लो र सहज गतिविधि गराउनु । दौडिँदा, उफ्रिँदा वा हिँड्दा हुने झट्का ग्रहण गर्नु । तौल समान रूपमा वितरण गरी जोर्नीलाई स्थिर राख्नु ।

यदि कुरकुरे हड्डीमा चोट, संक्रमण वा कुनै कारणवश कमजोर भएमा यो खिइँदै जान्छ । अनि घुँडामा दुखाइ बढ्छ, कडा हुन्छ । यो अवस्थालाई घुँडा खिइने समस्या भनेर बुझिन्छ ।

कुरकुरे हड्डीमा चोट, संक्रमण वा कुनै कारणवश कमजोर भएमा यो खिइँदै गई घुँडामा दुखाइ बढ्छ, कडा हुन्छ । यो अवस्थालाई घुँडा खिइने समस्या भनेर बुझिन्छ ।

यो समस्या कसलाई बढी देखिन्छ, कारण के हुन्छ ?

घुँडा खिइने समस्या मुख्य रूपमा ४० देखि ५० वर्ष नाघेका व्यक्तिहरूमा बढी देखिन्छ । यो उमेर समूहमा पुगेपछि शरीरको प्राकृतिक प्रक्रियाका रूपमा कार्टिलेज (कुरकुरे हड्डी) मा डिजेनेरेसन सुरु हुन्छ जसलाई हामी एजिङ प्रोसेस भन्छौं ।

उमेर बढ्दै जाँदा कार्टिलेज र हड्डीहरू अलिअलि खिइने वा कमजोर हुने प्रक्रिया सबैमा हुन्छ तर सबैलाई दुखाइ आउँदैन । यो समस्या बढी देखिने अर्को महत्वपूर्ण कुरा भनेको जीवनशैली र काम गर्ने तरिका हो ।

नेपालको सन्दर्भमा हेर्दा पहाडी क्षेत्रमा बस्ने मानिसहरूमा यो समस्या धेरै देखिन्छ । जसले दिनहुँ उकालो–ओरालो हिँड्नुपर्छ, भारी बोक्नुपर्छ, भर्‍याङ धेरै चढ्न–ओर्लनुपर्छ, उनीहरूमा यो समस्या निकै बढी पाइन्छ ।

नेपालको सन्दर्भमा हेर्दा पहाडी क्षेत्रमा बस्ने मानिसहरूमा यो समस्या धेरै देखिन्छ । जसले दिनहुँ उकालो–ओरालो हिँड्नुपर्छ, भारी बोक्नुपर्छ, भर्‍याङ धेरै चढ्न–ओर्लनुपर्छ, उनीहरूमा यो समस्या निकै बढी पाइन्छ ।

त्यस्तै, लामो समयसम्म उभिएर काम गर्ने, पलेटी कसेर बस्ने, टुक्रुक्क बसेर कुचो लगाउने, भाँडा माझ्ने, पोछा लगाउने, पूजा गर्ने वा ध्यान गर्ने जस्ता नेपाली परम्परागत कामहरूले घुँडामा बढी दबाब पर्छ ।

विशेषगरी महिलाहरूमा यो समस्या पुरुषहरूभन्दा बढी देखिन्छ किनभने उनीहरूले घरेलु काममा घुँडा टेकेर वा टुक्रुक्क बसेर धेरै समय बिताउँछन् र रजोनिवृतिपछि हर्मोनल परिवर्तनले हड्डी खिइने प्रक्रिया झन् तीव्र हुन्छ ।

४८ देखि ५५ वर्षको उमेरमा महिनावारी सुकेपछि धेरै महिलाहरूमा यो समस्या एकदमै बढ्छ ।

अत्यधिक तौल बढेकोहरूमा पनि यो समस्या देखिन्छ ?

मोटोपन पनि अर्को ठूलो कारण हो । जति शरीरको तौल बढ्छ त्यति घुँडालाई भार पर्छ । किनकि घुँडा नै शरीरको मुख्य पिलर हो । मोटो व्यक्तिमा घुँडामा बढी बोझ पर्दा कार्टिलेज छिट्टै खिइन्छ ।

यसबाहेक ‘ओभर युज’ अर्थात् घुँडालाई अत्यधिक प्रयोग गर्नु, क्याल्सियम, भिटामिन डी र फस्फोरस जस्ता पोषक तत्वहरूको अवशोषण उमेर बढ्दै जाँदा कम हुनु, हर्मोनल असन्तुलन आदि कारणहरू पनि यसमा जोडिन्छन् ।

नेपालको गाउँघरमा स्वास्थ्य शिविर जाँदा ४० वर्ष नाघेका अधिकांश व्यक्तिको घुँडामा डिजेनेरेसन देखिन्छ किनकि उनीहरूको दैनिकीमै उकालो–ओरालो, भारी बोक्ने र टुक्रुक्क बस्ने बानी हुन्छ ।

यो समस्या कसरी सुरु हुँदै जटिलसम्म पुग्छ ? यसका पनि चरण हुन्छन् ?

हो, घुँडा खिइने समस्या क्रमिक रूपमा बढ्दै जाँदा चार चरणमा पुग्छ । पहिलो चरणमा कार्टिलेजमा सामान्य बिग्रने प्रक्रिया सुरु हुन्छ तर यो अवस्थामा दुखाइ खासै हुँदैन ।

कहिलेकाहीँ मात्र अलिअलि अप्ठ्यारो महसुस हुन्छ वा घुँडा हल्का कडा जस्तो लाग्छ । यो चरणमा समस्या पत्ता लाग्दैन र धेरैजसोले बेवास्ता गर्छन् । दोस्रो चरणमा कार्टिलेज बढी खिइन्छ, वेयर एण्ड टियर बढ्छ र सामान्य हिँड्दा, उभिँदा वा टुक्रुक्क बस्दा दुखाइ महसुस हुन्छ ।

यो बेलामा घुँडा चलाउँदा आवाज आउन थाल्छ, अलि बढी कडापन हुन्छ तर अझै हिँडडुल गर्न सकिन्छ । तेस्रो चरणमा कार्टिलेज धेरै क्षति हुन्छ, यसको मोटाइ निकै कम हुन्छ र घुँडाका दुई हड्डीहरू आपसमा घर्षण हुन थाल्छन् ।

यो अवस्थामा हिँड्नेबित्तिकै दुखाइ सुरु हुन्छ, उकालो–ओरालो गर्दा, भर्याङ चढ्दा वा टुक्रुक्क बस्दा दुखाइ झन् तीव्र हुन्छ । सुन्निने पनि हुन सक्छ र घुँडाको भित्री भाग बढी दुख्छ ।

चौथो चरण सबैभन्दा जटिल हुन्छ । यो बेलामा कार्टिलेज लगभग समाप्त हुन्छ, हड्डीहरू ठोक्किएर घिस्रिन्छन् ।

चौथो चरण सबैभन्दा जटिल हुन्छ । यो बेलामा कार्टिलेज लगभग समाप्त हुन्छ, हड्डीहरू ठोक्किएर घिस्रिन्छन् ।

गम्भीर प्रकारको दुखाइ हुन्छ, घुँडा सुन्निन्छ, पानी भरिन्छ, हिँड्नै नसक्ने अवस्था आउँछ र रात–दिन दुखाइ रहिरहन्छ । यो चरणमा घुँडाको चाल नै निकै कम हुन्छ र धेरैजसोले घुँडा प्रत्यारोपणको सल्लाह पाउँछन् ।

चिसो मौसममा यो समस्या धेरै बढेको सुनिन्छ ? यसको कारण के हो ?

चिसोले जोर्नीको चिल्लो तरल पदार्थ कडा र मोटो बनाउँछ, जसले जोर्नीलाई राम्रोसँग घर्षन हुँन नदिइ दुखाइ बढाउँछ । शरीरले तातो कामय राख्न राख्न रक्तसञ्चार कम गर्छ, जसले घुँडामा पोषण कम हुन्छ ।

मांसपेशीहरू कसिलो हुन्छन्, जसले जोर्नीको गतिशीलता घटाउँछ र दुखाइ निम्त्याउछ । अर्को कुरा, शारीरिक सक्रियता र हिँडडुल कम हुन्छ। यो बानीले जोर्नी अझ कडा बनाउँछ ।

अकुपञ्चरले यो समस्या कति हदसम्म नियन्त्रण गर्छ ?

अकुपञ्चर घुँडा खिइने समस्यामा निकै प्रभावकारी उपचार हो, तर यो पूर्णरूपमा रोग निको पार्ने औषधि होइन । यो उपचारले मुख्य रूपमा दुखाइ कम गर्ने, सुन्निने घटाउने, घुँडाको कडापन हटाउने र हिँडडुल सहज बनाउने काम गर्छ ।

अकुपञ्चरले शरीरको विशेष बिन्दुहरूमा सियो गाडेर रक्तसञ्चार बढाउँछ, जसले घुँडामा पोषण पुग्छ । साथै शरीरमा प्राकृतिक पेनकिलर (एनाल्जेसिक) र इन्फ्लामेसन कम गर्ने तत्वहरू रिलिज गर्छ ।

यसले दुखाइ तुरुन्तै कम हुन्छ र लामो समयसम्म राहत दिन्छ । पहिलो र दोस्रो चरणको समस्यामा अकुपञ्चरले एकदम राम्रो काम गर्छ, बिरामीहरूले ८०–९० प्रतिशतसम्म राहत महसुस गर्छन् ।

तेस्रो चरणमा करिब ५० प्रतिशत फाइदा हुन्छ, दुखाइ आधा कम हुन्छ र हिँडडुल सहज बन्छ । चौथो चरणमा भने प्रभाव कम हुन्छ, तर पूर्णरूपमा बेकार पनि हुँदैन ।

फिजियोथेरापी र न्याचुरोप्याथी (तातो–चिसो सेक्ने, मसाज) सँग संयुक्त रुपमा गर्दा नतिजा झन् राम्रो आउँछ । यो उपचारले कार्टिलेजको डिजेनेरेसन रोक्दैन, तर थप खिइनबाट भने जोगाउँछ र जीवन सहज बनाउँछ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि यसले ठिक पार्छ ?

घुँडा प्रत्यारोपण (शल्यक्रिया) गर्नुपर्छ भनेर चिकित्सकले भनेका बिरामीहरूलाई पनि अकुपञ्चरले धेरै हदसम्म फाइदा दिन्छ र धेरैजसो केसमा शल्यक्रिया नै टार्न सकिन्छ ।

सुस्वास्थ अस्पतालको रेकर्डअनुसार शल्यक्रियाका लागि सिफारिस भइसकेर आएका ७० प्रतिशत बिरामीहरूलाई अकुपञ्चर, फिजियोथेरापी र न्याचुरोप्याथीको संयुक्त उपचारले प्रत्यारोपणबिना नै दुखाइ व्यवस्थापन गरिएको छ ।

चौथो चरणमा घुँडाको स्पेस एकदम कम भएको, कार्टिलेज लगभग सकिएको र हिँड्नै गाह्रो भएको अवस्थामा पनि यो उपचारले दुखाइ कम गर्छ, सुन्निने घटाउँछ र हिँडडुल अलि सहज बनाउँछ ।

धेरै बिरामीहरूले शल्यक्रिया गर्नुअघि अकुपञ्चर गरेर वर्षौंसम्म सहज जीवन बिताएका छन् । तर सबैलाई शल्यक्रिया टार्न मिल्दैन ।

यदि घुँडाको स्पेस पूरै सकिएको छ, हड्डीमा धेरै ओस्टियोफाइट्स (अतिरिक्त हड्डी) उम्रिएको छ र मोबिलिटी एकदम कम छ भने ३० प्रतिशत केसमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

त्यस्तो अवस्थामा अकुपञ्चरले तत्कालको दुखाइ कम गरेर शल्यक्रियापछिको रिकभरीमा पनि सहयोग गर्छ ।

कति समय गर्नुपर्छ ?

अकुपञ्चर उपचार कति समय गर्नुपर्छ भन्ने कुरा कुन चरणमा छ, बिरामीको उमेर र स्वास्थ्य अवस्थामा निर्भर गर्छ । सामान्यतया एक कोर्स १० देखि २० दिनको हुन्छ, हप्तामा ३–५ सेशन (हरेक सेशन ३०–४५ मिनेट) ।

पहिलो र दोस्रो चरणका बिरामीले १०–१५ दिनको कोर्समा नै धेरै आराम पाउँछन्, दुखाइ ८०–९० प्रतिशत कम हुन्छ । तेस्रो चरणमा १५–२० दिनको कोर्स चाहिन्छ, ५० प्रतिशतसम्म फाइदा हुन्छ ।

चौथो चरणमा पनि २० दिनको कोर्सले दुखाइ कम गर्छ । फिजियोथेरापी र न्याचुरोप्याथीसँग संयुक्त गर्दा १० दिनमै राम्रो नतिजा आउँछ । एउटा कोर्सपछि १–२ महिनासम्म राहत मिल्छ ।

तर यो रोग दीर्घकालीन भएकाले एक पटक गरेर सधैंका लागि पुग्दैन । फलोअपसँगै, खानपान, सिकाएको एक्सरसाइज नियमित गरे यो उपचार एकदमै सुरक्षित छ, कुनै रसायन हालेको हुँदैन । त्यसैले, जति पटक गरे पनि हानि हुँदैन।

यो समस्या भएको व्यक्तिले कस्तो कुरामा ध्यान दिनुपर्छ ?

घुँडा खिइने समस्या भएका व्यक्तिले जीवनशैलीमा सानो परिवर्तन गरे दुखाइ धेरै कम हुन्छ र समस्या चाँडै बढ्दैन । सबैभन्दा पहिले पोस्चरमा ध्यान दिनुपर्छ ।

टुक्रुक्क बस्ने, पलेटी कसेर बस्ने, कुचो लगाउने, भाँडा माझ्ने जस्ता काम गर्दा ध्यान दिनुपर्छ ।

यदि गर्नैपर्छ भने कुर्सीमा बसेर वा उभिएर गर्न सकिन्छ । उकालो–ओरालो र भर्‍याङ कम चढ्ने प्रयास गर्ने, धेरै हिँड्नु पर्दा बिस्तारै हिँड्ने वा लट्ठीको सहारा लिन सकिन्छ ।

यदि मोटोपना छ भने यो घटाउनु आवश्यक छ । हरेक एक केजी अतिरिक्त तौलले घुँडामा चार किलो दबाब बढाउँछ । क्याल्सियम र भिटामिन डी युक्त खाना खानु उचित हुन्छ ।

जाडोमा घुँडा चिसोबाट जोगाउन लामो मोजा लगाउने, तातो पानीले सेक्ने, तातो तेलले हल्का मालिस गर्न सकिन्छ ।

फिजियोथेरापिस्टले सिकाएको एक्सरसाइज (जस्तै सिधा खुट्टा उठाउने, साइकल चलाउने जस्तो व्यायाम) दिनमा १०–१५ मिनेट नियमित गर्दा मांसपेशी बलियो बनाउँछ र घुँडामा दबाब कम गर्छ ।

हेर्नुहोस भिडियो :

अकुपञ्चर घुँडा दुख्ने समस्या
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

राजनीतिमा डाक्टरको संलग्नता : कति सही कति गलत ?

राजनीतिमा डाक्टरको संलग्नता : कति सही कति गलत ?