+
+
Shares

बूढानीलकण्ठ र ललितपुरमा ३ लाख रुपैयाँभन्दा बढीको चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १२:३५

९ माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ ।

दुई ठाउँमा गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ रूद्रमती टोल गल्फुटार डेरा गरी बस्ने झापा कमल गाउँपालिका-८ घर भएकी ३२ वर्षीया सुमिना कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोका डेरा गरी बस्ने महाङ्काल गाउँपालिका-२ घर भएकी सुमिना तामाङको कोठाबाट सुनको सिक्री र नगद समेत गरी करिब १ लाख ४ हजार ६ सय रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?