News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले पोखरामा सुरु भएको छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सहकार्य गरेको छ।
- प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ गरी कुल ११ टोली सहभागी छन् र १७ माघसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ।
- विजेता टोलीले प्रथम पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६, दोस्रो ३ लाख ६६ हजार ६ सय ६६ र तृतीय २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन्।
९ माघ, काठमाडौ । एनसेलले खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदान निरन्तरता दिँदै शुक्रबारदेखि पोखरामा सुरु भएको राष्ट्रिय भलिबल खेल महाकुम्भ ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना भइरहेको छ। गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक थियो। मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।
‘टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ, जुन स्थानीय स्तरमा नै हुर्किने प्रतिभासँग जोडिएको छ, यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबल प्रवर्द्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्नेमा हामी विश्वस्त छौं,’ एनसेलका चिीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता १७ माघसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले खेलकुदमा आफ्नो आबद्धतालाई निरन्तरता दिएर यो वर्ष पनि टाइगर कपमा सहकार्य गरेकोमा एनसेलप्रति आभार व्यक्त गरे ।
छैटौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् ।
पुरुषतर्फ भने गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स छन् ।
यो प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुषतर्फका टोलीले आयोजकबाट समान प्रथम पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६ सय ६६ र तृतीय पुरस्कार २ लाख ६ हजार ६ सय ६६ पाउनेछन् ।
प्रतिक्रिया 4