News Summary
Generated by OK AI. Editorially reviewed.- बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा १ करोड १४ लाख ३५ हजार नेरु कमाएको छ।
- फिल्मको औपचारिक कमाइ घोषणा सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ।
- बल्छी धुर्बेले सबै उमेरका दर्शकले कथावस्तु रुचाएको र टिभीपछि दर्शकको मायाप्रति आभार व्यक्त गर्नुभएको छ।
काठमाडौं । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कलेक्सन करोड नाघेको छ ।
दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस छ । यसको औपचारिक घोषणा भने सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ ।
‘दर्शकीय प्रतिक्रिया उत्साहजनक छ’ बल्छी धुर्बेले अनलाइनखबरसँग भने, ‘सबै उमेरका दर्शकले कथावस्तु रुचाउनुभएको छ । टिभीपछि फिल्मको स्क्रिनमा दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं ।’
खास नाम मरिचमान श्रेष्ठ भएका अभिनेता बल्छी धुर्बेसहित फिल्ममा वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने संघर्ष र उतारचढावको कथावस्तु यसमा समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4