+

छैटौं टाइगर कप भलिबल : पुलिसमाथि थाइल्याण्ड क्‍वीन्सको पुनरागमन जित

२०८२ माघ  ११ गते १५:०८ २०८२ माघ ११ गते १५:०८
छैटौं टाइगर कप भलिबल : पुलिसमाथि थाइल्याण्ड क्‍वीन्सको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पाँचौं सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो।
  • थाइल्याण्ड क्विन्सले पहिलो दुई सेट गुमाएपछि पछिल्ला तीन सेटमा २५–२३, २५–१४ र १६–१४ को स्कोरमा जित निकालेको छ।
  • टाइगर कप च्याम्पियनसिप माघ १७ गतेसम्म पोखरा रंगशालामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागितामा जारी छ।

११ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्‍यो ।

पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो ।

तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय