News Summary
Generated by OK AI. Editorially reviewed.- पर्थ स्कोर्चर्सले अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको १५औं संस्करणको उपाधि जितेको छ।
- फाइनल खेलमा पर्थले सिड्नी सिक्सर्सलाई ६ विकेटले हराएको हो।
- पर्थका लागि मिचेल मार्शले ४४ र फिन एलेनले ३६ रन बनाए।
११ माघ, काठमाडौं । पर्थ स्कोर्चर्सले अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको १५औं संस्करणको उापधि जितेको छ । आइतबार घरेलु मैदान अप्टस स्टेडियममा भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी सिड्नी सिक्सर्सलाई ६ विकेटले हराउँदै पर्थले छैटौंपटा उपाधि जितेको हो ।
सिड्नीले दिएको १३३ रनको लक्ष्य पर्थले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । पर्थको जितमा ओपनर मिचेल मार्शले सर्वाधिक ४४ तथा अर्का ओपनर फिन एलेनले ३६ रन बनाए । जोश इङ्लिस २९ रनमा अविजित रहे ।
सिड्नीका लागि शन एबटले २ विकेट लिँदा मिचेल स्टार्क र ज्याक एडवार्ड्सले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो । स्टिभ स्मिथ, जोश फिलिपे र मोइसेस हेनरिक्सले समान २४ रन बनाए । जोएल डेभिसले १९ रन बनाए ।
पर्थका लागि झाय रिचर्डसन र डेभिड पेनले ३-३ विकेट लिए भने माहली बर्डमानले २ तथा आरोन हार्डीले १ विकेट लिए ।
यसअघि भएको क्वालिफायरमा सिड्नीलाई नै हराएर पर्थ फाइनल पुगेको थियो ।
पर्थले यसअघि तेस्रो, चौथो, छैटौं, ११औ र १२औं संस्करणको उपाधि जितेको थियो । सिड्नीले पनि तीन पटक उपाधि जितेको छ ।
प्रतिक्रिया 4