News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डअन्तर्गत सिनेपाः बक्सअफिसले १० माघसम्म प्रदर्शन भएका विदेशी फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
- रणवीर सिंह स्टारर 'धुरन्धर'ले १० करोड ४७ लाख ५३ हजार नेरु ग्रस कमाएको छ र ३ लाख १८ हजार ९० टिकट विक्री भएका छन्।
- जेम्स क्यामरुन निर्देशित 'अवतार : फायर एन्ड यश'ले ६ करोड ६२ लाख नेरु ग्रस कमाएको छ र १ लाख ६१ हजार ३८४ टिकट बिक्री भएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्म नेपालमा प्रदर्शनरत विदेशी फिल्मले कमाएको विवरण सार्वजनिक गरेको छ ।
जसअन्तर्गत, थ्रीलर-हरर ‘ट्वेन्टी एट् इयर्स लेटर’ ले ८ लाख १४ हजार नेरु ग्रस कमाएको छ । यसका २१०८ वटा टिकट बिकेका छन् ।
सिड्नी स्विनी स्टारर हलिउडको ‘द हाउसमेड’ ले ११ लाख ८५ हजार नेरु ग्रस कमाएको छ । यसका ३ हजार ८४ वटा टिकट बिकेका छन् ।
प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘द राजा साब’ ले १ करोड ७६ लाख नेरु ग्रस कमाएको छ । यसका ५४ हजार ८८१ टिकट बिकेका छन् ।
जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले ६ करोड ६२ लाख नेरु ग्रस कमाएको छ । यसका १ लाख ६१ हजार ३८४ नेरु ग्रस कमाएको छ ।
रणवीर सिंह स्टारर ‘धुरन्धर’ ले १० करोड ४७ लाख ५३ हजार नेरु ग्रस कमाएको छ । यसका ३ लाख १८ हजार ९० वटा टिकट विक्री भएका छन् ।
प्रतिक्रिया 4