+

अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र दुई रजत

२०८२ माघ  १३ गते ११:०२ २०८२ माघ १३ गते ११:०२
अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र दुई रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको बैंगलोरमा आयोजना भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो आईटीएफ नेपालका खेलाडीहरूले दुई स्वर्ण र दुई रजत पदक जितेका छन्।
  • शान्तकुमार राना मगरले स्पारिङ (६०–६५ केजी) र प्याटर्न प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन्।
  • आस्तिक नकर्मीले ६५–७० केजी स्पारिङमा रजत र प्याटर्नमा पनि रजत पदक जित्न सफल भएका छन्।

१३ माघ, काठमाडौं । भारतको बैंगलोरमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो आईटीएफ नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र दुई रजत पदक जित्न सफल भएका छन्।

तेक्वान्दो आईटीएफ नेपालका खेलाडी शान्तकुमार राना मगरले स्पारिङ (६०–६५ केजी तौल समूह) मा स्वर्ण पदक जितेका छन् भने पहिलो डानदेखि तेस्रो डानसम्मको प्याटर्न प्रतिस्पर्धामा पनि स्वर्ण जित्दै दुई स्वर्ण पदक आफ्नो नाममा गरे।

स्पारिङतर्फको फाइनल खेलमा उनले भारतका खेलाडी विनित कृष्णलाई सहजै पराजित गरेका थिए। प्याटर्न प्रतिस्पर्धामा उनले सेमिफाइनलमा भारतका खेलाडी मुवाऊ अफताबलाई पराजित गरे भने फाइनल खेलमा नेपालकै आस्तिक नकर्मीलाई हराउँदै स्वर्ण जित्न सफल भए।

त्यसैगरी, आस्तिक नकर्मीले व्यक्तिगत स्पारिङ अन्तर्गत ६५–७० केजी तौल समूहमा फाइनलमा पुगेर भारतका खेलाडी पी. धनुषसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाए।

प्याटर्नतर्फ पहिलोदेखि तेस्रो डान प्रतिस्पर्धामा उनले क्वार्टरफाइनलमा भारतका गौतम कुमारलाई र सेमिफाइनलमा भारतकै विनित कृष्णलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। फाइनलमा उनी शान्तकुमार राना मगरसँग पराजित भई रजत पदक जित्न सफल भए।

नेपाल, भारत, मलेसिया तथा अफगानिस्तानका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखेर भारतीय प्रशिक्षक, खेलाडी तथा अभिभावकहरू प्रभावित भई प्रशंसा व्यक्त गरेका थिए।

आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतका अनुसार आफ्ना खेलाडीहरूको प्रदर्शनले सबैलाई गर्वको अनुभूति गराएको छ। उक्त प्रतियोगितामा मास्टर बस्नेतले निर्देशकको भूमिका निर्वाह गरेका थिए।

साथै, अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष ग्रान्ड मास्टर ट्रेभर निकोल्सले जनवरी २४ र २५ तारिखमा सञ्चालन गरेको तालीम कार्यक्रममा उनले सहायक प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए।

अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय