News Summary
Generated by OK AI. Editorially reviewed.- खाबी लामेले रिच स्पार्कल होल्डिङ्स लिमिटेडसँग ९७५ मिलियन डलरको सम्झौता गरी ३६ करोड फलोअर्सलाई व्यवसायमा बदल्ने योजना बनाएका छन्।
- नास्डाकमा सूचीकृत कम्पनीले ३६ महिनासम्म खाबीको ब्रान्ड प्रयोग गर्ने विशेष अधिकार पाएको छ र उनी इक्विटी-ब्याक्ड क्रिएटर बनेका छन्।
- खाबीको एआई अवतारले विभिन्न भाषामा सामाजिक सञ्जाल सामग्री तयार पार्नेछ जसले विश्वभरका मानिससँग संवाद गर्न सहयोग गर्नेछ।
तपाईंले सुन्नुभएको होला, टिकटकमा नबोलीकनै चर्चित भएका खाबी लामे अब एउटा ठूलो व्यवसायिक यात्रामा निस्किएका छन् । उनले हालै ‘रिच स्पार्कल होल्डिङ्स लिमिटेड’ सँग एउटा ठूलो सम्झौता गरेका छन्, जसको उद्देश्य उनका करिब ३६ करोड फलोअर्सलाई एउटा सफल व्यवसायमा बदल्नु हो ।
यो सम्झौता करिब ९७५ मिलियन डलर (झन्डै १ खर्ब ३० अर्ब नेपाली रुपैयाँ भन्दा बढी) छ । उनी अब एक ‘इन्फ्लुएन्सर’ मात्र रहेनन्, ‘इक्विटी-ब्याक्ड क्रिएटर’ बनेका छन् । यसको अर्थ, अब उनको ब्रान्डमा ठूला कम्पनीहरूको लगानी रहनेछ ।
अमेरिकाको नास्डाकमा सूचीकृत यस कम्पनीले आगामी ३६ महिनासम्म विश्वभर खाबीको ब्रान्ड प्रयोग गर्ने विशेष अधिकार पाएको छ । खाबी लामे अहिले टिकटकमा सबैभन्दा धेरै रुचाइएका व्यक्ति हुन् । उनको टिकटकमा मात्रै १६ करोड फलोअर्स छन्, जबकि दोस्रो स्थानमा रहेकी चार्ली डामेलियोका १५ करोड ६० लाख फलोअर्स छन् ।
यस सम्झौताको अर्को रोचक पक्ष भनेको अब हामीले खाबीको एआई अवतार पनि देख्न पाउनेछौँ । खाबीकै हाउभाउ, आवाज र शैलीलाई प्रयोग गरेर एआईले विभिन्न भाषामा सामाजिक सञ्जालका सामग्री तयार पार्नेछ । यसले गर्दा उनले नबोलीकनै पनि संसारभरका मानिससँग आफ्नै भाषामा कुराकानी गरेझैँ महसुस गराउनेछ ।
खाबीसँग हात मिलाउनुअघि यो कम्पनीले मुख्यतया हङकङका ठूला कम्पनी र वित्तीय संस्थाहरूका लागि ‘फाइनान्सियल प्रिन्टिङ’ र संस्थागत सेवा दिने काम गथ्र्यो । एउटा गम्भीर वित्तीय सेवा दिने कम्पनीले सिधै सामाजिक सञ्जालको दुनियाँमा यसरी पाइला चाल्नुलाई धेरैले निकै चासोका साथ हेरेका छन् ।
ब्लुमबर्गबाट ।
प्रतिक्रिया 4