News Summary
Generated by OK AI. Editorially reviewed.- डा. गोविन्द केसीले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित स्वास्थ्य चौकीमा तीन दिने शिविरमा २५० भन्दा बढी हाडजोर्नीसम्बन्धी बिरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरेका छन्।
- माघ १२ गतेदेखि सुरु भएको शिविर माघ १५ गते समापन भएको थियो र डा. केसी अहिले स्वास्थ्य सेवा दिने उद्देश्यले सुर्खेतमा छन्।
१५ माघ, काठमाडौं । डा. गोविन्द केसीले २५० भन्दा बढी हाडजोर्नीसम्बन्धी बिरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित स्वास्थ्य चौकीमा चलाइएको तीन दिने शिविरमा डा. केसीले नि: शुल्क जाँच गरेका हुन् ।
माघ १२ गतेदेखि सुरु भएको शिविर माघ १५ गते समापन भएको थियो । अहिले स्वास्थ्य सेवा दिने उद्देश्यले डा. केसी आफ्नै पहलमा सुर्खेतमा छन् । यसअघि पनि उनले कर्णालीका विभिन्न दुर्गम जिल्लाहरूमा एक्लै स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् ।

राजधानीसम्म जान नसक्ने २०० भन्दा बढी विपन्न वर्गका नागरिकले स्थानीयस्तरमै उपचार सेवा पाएपछि स्थानीयहरू खुसी भएका छन् । स्वास्थ्य चौकीका सचिव हस्तराज गिरीले शिविरले विपन्न समुदायलाई ठूलो राहत दिएको बताउँदै डा. केसीप्रति आभार व्यक्त गरे ।
माघ १७ र १८ गते डा.केसी सालकोट नगर अस्पतालमा पनि विपन्न वर्गका बिरामीहरूको निःशुल्क उपचार सेवामा संलग्न हुने जानकारी दिइएको छ।

प्रतिक्रिया 4