News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघको १२औं साधारण सभा पोखरामा सम्पन्न भएको छ।
- साधारण सभाले महासचिव र कोषाध्यक्षको रिपोर्ट पारित गरेको छ।
- काभा भलिबल च्याम्पियनसिप मे २० देखि २७ सम्म आयोजना गर्ने निर्णय भएको छ।
१६ माघ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को १२औं साधारण सभा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले महासचिव र कोषाध्यक्षको रिपोर्ट पारित गर्दै अन्य विभिन्न निर्णय गरेको छ ।
यसैगरी काभा भलिबल च्याम्पियनसिप आगामी मे २० देखि २७ सम्म आयोजना गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
यस्तै दशाैं पीएम कप एनभीए भलिबल लिग फागुन देखि चैत पहिलो साता गर्ने निर्णय भएको छ ।
यस्तै साधारण सभाले ३ विभागीय टिमलाई भोटिङ राइट दिने निणर्य पनि गरेको अध्यक्ष चन्दले जानकारी दिए ।
कार्यक्रममा नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्मा र काभा अध्यक्ष मोहम्मद लतिफलाई पनि अभिनन्दन गरिएको थियो ।
प्रतिक्रिया 4