News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ।
- फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो, दोस्रो र तेस्रो सेट २५–११, २५–२२ र २५–१६ मा जितेको हो।
- न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको छ र उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरेकी छिन्।
१६ माघ, काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो ।
न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । उपाधिसँगै न्यु डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्यो ।
फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्यान्ड क्वीन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।
अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल सुरु हुनेछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
प्रतिक्रिया 4