+
+
Shares

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

‘नेपाल सरकारबाट हामीलाई २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त छ । सोहीअनुसार समयमै सक्नेगरी काम भइरहेको छ,’ सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्रयाक २०८३ चैत मसान्तसम्म तोकिएको समयमा सम्पन्न गर्ने गरी काम भइरहेको बताएको छ।
  • फास्ट ट्रयाकको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ।
  • फास्ट ट्रयाक निर्माणमा ५४ हजार रुख कटान भएका थिए, हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको छ।

१६ माघ, काठमाडौं । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं-तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले तोकिएको समयसीमा २०८३ चैतमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘नेपाल सरकारबाट हामीलाई २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त छ । सोही अनुसार समयमै सक्नेगरी काम भइरहेको छ,’ प्रवक्ता बस्नेतले भने ।

अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत रहेको उनले जानकारी दिए । वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको छ ।

यो फास्ट ट्रयाकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग छ । जसमध्ये लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

सहायक रथी बस्नेतका अनुसार फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ ।

फास्ट ट्रयाक निर्माण गर्ने क्रममा ५४ हजार रुख कटान भएका थिए । हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

खोकना विवाद भने अहिलेसम्म सुल्झन सकेको छैन । सबै निकायबाट विवाद सुल्झाउने प्रयास भइरहेको सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?