+

थाइल्यान्ड महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो

२०८२ माघ  १६ गते १७:२६ २०८२ माघ १६ गते १७:२६
थाइल्यान्ड महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा अमेरिकासँग २८ रनले पराजित भएसँगै विश्वकप छनोटको सम्भावना गुमाएको छ।
  • बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हराएको छ भने आयरल्यान्डले नेदरल्यान्ड्सलाई ९८ रनले पराजित गरेको छ।
  • सुपर सिक्समा बंगलादेश र नेदरल्यान्ड्सले ६-६ अंकसहित विश्वकप छनोट गरिसकेका छन् र अमेरिकासहित अन्य दुई टोली छनोट हुनेछन्।

१६ माघ, काठमाडौं । थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ ।

शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो ।

सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन ।

अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा अलआउट भयो ।

आजै विहान भएको खेलमा बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको जित निकाल्यो । बंगलादेशले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन मात्र बनायो ।

यस्तै आयरल्यान्डले पनि नेदरल्यान्ड्समाथि ९८ रनको फराकिलो जित निकालेको छ । १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४५ रनमा अलआउट भयो । हारका बाबजुद नेदरल्यान्ड्स विश्वकपमा छनोट भइसकेको छ ।

सुपर सिक्समा ६-६ अंक भएका बंगलादेश र नेदरल्यान्ड्स विश्वकपका लागि छनोट भइसकेका हुन् । अब आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकामध्ये दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

थाइल्यान्ड महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय